बन्ने भो ‘मेरो अदालत’



काठमाडौँ। पछिल्लो समय सिरिज , सिरियल तथा वेव सिरिजको माग बढ्दो क्रममा रहेको छ । कोभिडको कारण घरमै बसेर नयाँ नयाँ प्रकारका सिरिजमा दर्शक रमाइरहेको यो समयमा नायक रबि कार्किले नयाँ सिरिज ‘मेरो अदालत’ को घोषणा गरेका छन्। देशमा घटिरहेका बिबिध घटनाहरु र ति घटनाका अधिकांश पिडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा यो सिरिजमा केहि सत्य घटना , केहि काल्पनीक तथा केहि सत्य घटना बाट प्रभाबित भएर तयार गरिने छ ।

यस सिरिजलाइ निर्देशक रामेश कुमार राइले निर्देशन गर्ने भएका छन् । निर्देशक राइ यतिबेला भोजपुरी फिल्म जंगबाज को लागी भारतमा रहेको बुझिएको छ । शनिबार नायक एव यस सिरिजका कथाकार रबि कार्कि तथा निर्माताद्धय सुर्य सिजि र पर्वत राइले सिरिजको थिम पोष्टर सार्वजनिक गर्दै केहि दिनमा नै छायांकनमा जाने बताएका छन् । पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ भने न्यायमुर्तिको अनुहारमा रातो पोतिएको देखाइएको छ ।
रि एण्ड कि फिल्मस् को व्यानरमा निर्माण हुने यस सिरिजकि सहनिर्माता हुन् मालती कार्कि । यस सिरिजका कलाकारहरु भने केहि दिनमै अडिसन मार्फत छनौट हुने र राष्ट्रिय स्तरको प्रतिष्ठीत टेलिभिजन बाट प्रसारण हुने निर्माण पक्षले बताएको छ ।