डल्लुकी कृषा महर्जन बनिन् नेवार सुन्दरी



काठमाडौँ। काठमाडौँ डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लीज फेसन होमद्वारा शनिवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले १४ प्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।

कृषाले पन्ध्रौं एनटी मिस नेवाः नेपाल ११४१ चुमे वापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छिन्। प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने निर्णायक प्रश्नमा जिउको तुलनामा मनको घाउ पिडादायी हुने, मनमा लागेको घाउ डक्टरले पनि पत्ता लगाउन नसक्ने र ठिक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने सटिक जवाफ दिएर पन्ध्रौं मिस नेवाः नेपालको ताजलाई आप्mनो बनाएकी हुन्। उनी वेष्ट नेपाल भाषा उपउपाधिलाई पनि आप्mनो बनाउन सफल भइन्।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फष्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन मिस नेवाः नेपाल सेकेण्ड रनर्सअप चुनिए। उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्। प्रियाले मिस पब्लिक च्वाईस र कृष्टीनाले मिस चार्मिङको उपउपाधि पनि चुमे।

रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षीता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए। नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेण्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन्। त्यसै गरी सह आयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सघाउनेहरुप्रति आभार व्यक्त गर्दै नेवारी कला संस्कृतिको जगेर्ना गर्नका लागि समयसुहाउँदो ढँगले सांस्कृतिक सौन्दर्य प्रतियोगिताअन्र्तगत मिस नेवाः नेपाल आयोजना गरिएको बताए। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.