सुष्माको ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि



काठमाडौँ । चलचित्र ‘फटाह फणिन्द्र’ ’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले चलचित्रको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए ।

यस अगााडि चलचित्रका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तम केसी लगायत छानिएका थिए ।चलचित्र श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । सुनिल मानन्धर प्रस्तुकर्ता रहेको चलचित्रको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ । उत्तम केसीको कथा रहेको चलचित्रमा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही चलचित्र निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको चलचित्र चैत्रको पहिलो साताबाट छायाँकनमा जानेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.