सुभाषको ‘प्रसाद २’ मा निश्चल अनुबन्धित



काठमाडौं। ‘प्रसाद’ को सिक्वेल चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भइ सकेका छन् । हालै निश्चलले निर्माण टिमसँग औपचारिक सम्झौता गरेका छन् ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा विपिन, नम्रता र निश्चलको अभिनय रहेको थियो । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको ‘प्रसाद’ बक्स अफिसमा सफल हुनुको साथै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको थियो ।

‘प्रसाद २’ मा निर्देशक फेरिएपनि कलाकार भने नफेरिने भएका छन् । यो चलचित्रको कथा सञ्चारकर्मी सुशिल पौडेलले लेखेका छन् । ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चलचित्र चैत्रको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जानकारी दिएका छन् ।