‘म चलचित्रलाई व्यापारिक रुपमा मात्र हेर्दिनँ’ दिनेश



काठमाडौँ। मंगलबार दिनेश राउतको निर्देशनमा बन्ने चलचित्र ‘प्रकाश’को अफिसियल घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै प्रदिप खड्का स्टारर चलचित्र ‘प्रकाश’को औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा उपस्थित टिम तथा अतिथिहरुको मन्तब्य पश्चात फ्लोर ओपन गर्ना साथ सेलिब्रेटी नेपालका रघुनाथ सापकोटाले निर्देशक राउतलाई प्रस्न राखे ‘सिक्वेल किन बनाउने र तपाइँले आफ्नो एक चक चलचित्रको सिक्वेल नगर्ने हुनु भयो अर्को सिक्वेलको चर्चा चलि रहेको छ बास्तबिकता के हो सिक्वेल गर्नु हुन्छ कि हुन्न ?’

प्रश्नको उत्तरमा राउतले भने ‘चलचित्र हिट भएपछि पछाडि २, ३, ४ थपेर बनाएपछि दर्शकको भीड लाग्छ र व्यापारिक रुपमा सफल हुन्छ भन्ने विश्वास धेरैको होला । तर, कुनै पनि चलचित्रको सिरिज वा सिक्वेल किन बनाउने भन्ने मुख्य प्रश्न हो । म चलचित्रलाई व्यापारिक रुपमा मात्र हेर्दिनँ । ‘नोभेम्बर रेन २’ नाम राखेर कथा खोज्ने कि कथा लेखिसकेपछि कथाले नाम माग गर्यो भने राख्ने भन्ने कुरा मुख्य हो ।’

दिनेशले चलचित्र ‘प्रसाद’ले सिक्वेलको माग नगर्ने भन्दै ‘प्रसाद २’को निर्देशन गर्न अस्विकार गरेका थिए । चलचित्र ‘मेरो एउटा साथी छ २’ पनि उनले सिरिज भएकै कारण छाडेको बताइन्छ । उनले चलचित्र ‘नोभेम्बर रेन २’ पनि नगर्ने संकेत गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.