बाग्मती सरसफाई अभियानका लागी भकुण्डो भिडन्त


bhakundo bhidant
(सेलिब्रेटी नेपाल) २५ बैशाख- आउँदो जेठ ४ बाग्मती सरसफाई अभियानका लागी कलाकार र विज्ञापन एजेन्सी ‘आन’ का सदस्यहरु बीच दशरथ रंगशालामा मैत्रीपुर्ण फुटबल खेल (भकुण्डो भिडन्त) हुने भएको छ र लगत्तै जेठ ५ गते अघिल्लो दिन फुटबल खेलेका कलाकार र आनका सदस्यहरुले सामुहिक रुपमा बाग्मती नदि सफा गर्ने भएका छन् । नेपाली चलचित्रमाका सबै जसो कलाकारहरुलाई बाग्मती नदीको सरसफाई अभियानमा उतार्न प्रयास भईरहेको नेपाल चलचित्र कलाकार संघका अधक्ष्य नवल खड्काले जानकारी गराउनु भयो ।’ साथै आनका बिज्ञापन कर्मी ,मोडल र सदस्यहरु सम्मिलित हुने सरसफाई समुहले बाग्मती क्षेत्रको ३ किलो मिटर परसम्मको क्षेत्रमा सरसफाइ गर्ने भएको छ ।

बुधबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरि यि दुई संघले बाग्मती सफाई जनचेतना अभियानका लागि प्रतिष्ठित कलाकार एवं नेपाली विज्ञापनकर्मी तथा मोडलहरू विच भकुण्डो भिडन्त गर्न लागेको जानकारी गराएका हुन् । बाग्मती नदी सरसफाईका लागि ४ गते फुटबल खेल मार्फत जनचेतना अभियान सम्पन्न गरी जेठ ५ गते बिहान ८ बजे गुहेश्वरी देखि सिनामंगल पुलसम्म आन र फानको अगुवाईमा वाग्मती नदी, पशुपती र गुहेश्वरी परिसर सरसफाई ब्गर्ने योजना रहेको पत्रकारहरूलाई जानकारी गराईयो ।