फागुन २१ गतेबाट प्रदर्शन हुने ‘गोर्खे’को ट्रेलर सार्वजनिक



काठमाडौं। फागुन २१ गते देखि प्रदर्शन हुने चलचित्र ‘गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । किम्मत गौतमले निर्देशन गरेको चलचित्रले ५ युवाहरुको कथा बोल्छ। चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरोज तामाङ, सुजन थापा मगर, बालदिप राई लगायत कलाकारहरुको अभिनय छ । चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित चलचित्रमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । सौरभ लामा र निरज कँडेलले छायांकन गरेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.