(सेलिब्रेटी नेपाल) २५ बैशाख-एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ यहि सुक्रबार बाट प्रदर्शनमा आउन लागेको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशामा पर्ने द्वन्द्व र मनोदशालाई चलचित्रले उठान गर्न खोजेको छ । चलचित्रमा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । बिनोद पौडेलको कथा तथा पटकथा रहेको यो चलचित्रलाई जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अजय खड्काको सम्पादन रहेको छ ।काठमाण्डौ फराकिलो सडकको दृष्यबाट सुरु हुने यो चलचत्रिको कथा एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने निर्माणपक्षले बताएको छ । अब साँघुरो कति फराकिलो हुन्छ त्यो थाहा पाउन अब केहि दिन कुर्नु पर्ने छ ।
सम्बधित पोस्टहरु
‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा को...
५१ औं दिनमा ‘परान’ टिम पुग्यो आश्रम,अनाथ तथा बृद्धबृद्धालाई न्यानो कपडा
काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ ले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा...
माघबाट फ्लोरमा ‘मितज्यू’ ,वर्कसप थालनी
काठमाडौं। फिल्म ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु...
सेन्सरबोर्डले बनायो नयाँ कार्यबिधि, हट्यो पुराना ८ बुँदा
काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समितिले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको...
अर्जुन घिमिरे (पाँडे) को चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा
काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे) ले निर्देशन गरेको चलचित्रलाई दर्शकले चासोको रुपमा लिएका छन् । कमेडीबाट आएका कलाकार अर्जुन घिमिरेको निर्देशन र लेखन रहेको...
चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक
काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा...




