(सेलिब्रेटी नेपाल) २५ बैशाख-एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ यहि सुक्रबार बाट प्रदर्शनमा आउन लागेको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशामा पर्ने द्वन्द्व र मनोदशालाई चलचित्रले उठान गर्न खोजेको छ । चलचित्रमा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । बिनोद पौडेलको कथा तथा पटकथा रहेको यो चलचित्रलाई जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अजय खड्काको सम्पादन रहेको छ ।काठमाण्डौ फराकिलो सडकको दृष्यबाट सुरु हुने यो चलचत्रिको कथा एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने निर्माणपक्षले बताएको छ । अब साँघुरो कति फराकिलो हुन्छ त्यो थाहा पाउन अब केहि दिन कुर्नु पर्ने छ ।
सम्बधित पोस्टहरु
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...
२६ विधामा अवार्ड प्रदान गर्दै ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ सम्पन्न
काठमाडौँ। ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेसँगै नाचघर जमलमा यो अवार्ड सुरु...







