दर्जन चलचित्रकर्मी पार्टी प्रवेश,चलचित्रकर्मीको पार्टी प्रवेश कत्तिको उचित ?



काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित दर्जन चलचित्रकर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्ने कलाकर्मीहरूमा वितरक गोपाल कायस्थ, अभिनेत्री रिस्ता बस्नेत, द्वन्द्व निर्देशक एनबी महर्जन, प्राविधिक संघका पूर्वअध्यक्ष सन्तु तामाङ, पत्रकार विजयरत्न तुलाधरसहित अन्य चलचित्रकर्मी छन् ।

पार्टी प्रवेश कार्यक्रमको आयोजना विशेष गरी चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उपसमितिका सदस्य पुष्कर लामासहित सुशान्त श्रेष्ठ र राजकुमार राईले गरेका हुन् । यसरि चलचित्रकर्मी पार्टी प्रवेश गर्नु कत्तिको उचित हो भन्ने चर्चा चलचित्र वृत्तमा चल्न थालेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.