‘मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ सम्पन्न



काठमाडौँ ।‘मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंस्थित आम्रपाली बैंकेटमा सम्पन्न ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि दीक्षा रिसालले चुमेकी छन् ।

उनले ‘मिस नेपाल टिन वर्ल्ड २०२१’ का साथै व्युटि विथ प्रपोज र पिपुल्स च्वाइस अवार्ड समेत हात पारेकी छन् । त्यसैगरी श्रृयंका थापाले मिस नेपाल टिन युनिभर्स र मिस कन्फिडेन्स अवार्ड जितिन् । स्टेला लामिछानेले मिस नेपाल टिन इन्टरनेसनल र मिस इन्टेलेक्चुवल अवार्ड जितिन् । सुस्जिता पौडेलले मिस नेपाल टिन अर्थ र मिस फेसन आइकल अवार्ड जितेकी छन् साथै प्रकृति थापाले मिस नेपाल टिन सुपरानेशनल र वेस्ट फिगर अवार्ड जितिन् ।

मिस्टर नेपाल टिन २०२१ को उपाधि शाश्वत ओलीले चुमेका छन् । साथै ओलीले मिस्टर ट्यालेन्ट अवार्ड पनि हात पारे । नन्दु आचार्यले फस्ट रनर अपको साथसाथै मिस्टर मल्टिमिडिया र पिपुल्स च्वाइस अवार्ड जिते । सेकेन्ड रनर अपको उपाधि संग संगै मिस्टर फिजिक्स र फोटोजेनिकको अवार्ड साइरस विश्वकर्माले जिते ।

‘मिस नेपाल टिन २०२१’ को उपाधि जितेका विजेताहरूले वैदेशिक शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्परहरु, सर्ट मुभीको साथै विभिन्न पुरस्कारहरु हात पारे । विजेताले इक्वाडोरमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

त्यसैगरी मिस ट्यालेन्टको उपाधि निर्जला बराईली, मिस मल्टिमिडिया तथा मिस भेटेरन गरिमा गुरागाईं, मिस फोटोजेनिक अपेक्षा भट्टराई, वेस्ट ड्रेस प्रियंका तामाङ, बेस्ट वाल्क मनस्वी ढकाल, मिस डिस्सिपिल्नड जस्मिन रिजाल, मिस पर्सानालिटी निश्मा बुढाथोकीले हात पारे । किशोरतर्फ हेन्डसम विथ प्रपोज राजु शाह र मिस्टर मोडल अनुराग भट्टले जिते ।

मिस तर्फ यदि अहिले तपाई नेपालको प्रधानमन्त्री हुनुभयो भने वर्तमान समयमा रहेको कोभिड १९ को समस्यालाई कसरी हल गर्नुहुन्छ भनेर सोधिएको थियो भने मिस तर्फ मिहेनत र भाग्यमा सबैभन्दा ठुलो कुरा के हो भनेर सोधिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.