‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा (भिडियो)



काठमाडौ। चैत्र २७ मा रिलिज हुने चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । अभिनेता पुष्प खड्का र नव अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत भएका छन् ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । दीपक ओली निर्देशीत चलचित्रको सार्वजनिक गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेका छन् ।

लभस्टोरी जनराको चलचित्रको लेखन लक्ष्मण सुवेदी, छायांकन शिब ढकाल र बाबु श्रेष्ठ, द्धन्द्ध श्री श्रेष्ठको छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।