‘द फेस’ प्रतियोगितामा युद्ध बानियाँ र क्रान्ति चन्द उत्कृष्ट



काठमाडौँ । ‘द फेस’ प्रतियोगितामा पुरुष मोडल तर्फ युद्ध बानियाँ र महिला मोडल तर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ब्यबसाियक मोडल जन्माउने उदेश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीहरुलाई जितेर युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन् ।

यस्तै सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जिते । यसै गरी द फेशको अन्य उपाधि तर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईस सँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार अबेर राती आयोजना गरेको सो प्रतियोगिताको विशेष निर्णायकमा अभिनेता अनुप बिक्रम शाही तथा निर्णायकहरुमा मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दाश, अग्रज फोटोग्राफर राजभाई सुवाल थिए ।

झम्सिखेलको अर्वन पार्टी हबमा सम्पन्न यो प्रतियोगितामा एक दर्जन डिजाईनरहरुको नयाँ फेशन डिजाईन प्रतियोगीहरुले र्याम्पमा प्रस्तुत गरेका थिए । ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा, लोगो फेशन, लेडी बोस, त्रिदेबीलगायतले तयार गरेको पहिरनहरुमा सजिएर प्रतियोगीहरु र्याम्पमा उत्रिएका थिए ।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ सम्सद शाहले नयाँ पुस्ताबाट कुशल र व्यबसायिक मोडल जन्माउन यो प्रतियोगिता आयोजना गरेको कार्यक्रममा बताए । अजय गुरुङले सञ्चालन गरेको यो प्रतियोगिताको इभेन्ट कोअर्डिनेटरमा समीक्षा हुमागाई, मोडल कोअर्डिनेटरमा शर्मिला नेपाल र प्रशिक्षकमा सृजल बिक्रम शाही थिए ।

द फेसका बिजेताहरुलाई आयोजक पक्षले विभिन्न फेशन तथा र्याम्प शोमा प्रस्तुत गर्नुका साथै मोडलिङ सम्बन्धि अबसर प्रदान गर्ने कार्यक्रम सँयोजक समीक्षाले बताईन् । द क्यानन फ्युजन बार र सान्मिगलको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा प्रतियोगीहरु, समर र विन्टरका फेसनमा विभिन्न सिक्वेन्समा प्रस्तुत भएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.