दिपेन्द्रको ‘२ नम्बरी’ मा जोडिए मनाङ्गे



काठमाडौं । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भई रहेको चलचित्र ‘२ नम्बरी’को लकडाउनका कारण छायांकन रोकिएको थियो। अब चलचित्रको बाँकि छायाँकन चैत्र १५ गतेबाट सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । चलचित्र ‘२ नम्बरी’को निर्माताको रुपमा दीपक मनाङ्गे पनि जोडिएका छन् । दीपकले यसअगाडि चलचित्र ‘पोई पर्यो काले’मा पनि लगानी गरेका थिए ।

चलचित्र ‘२ नम्बरी’मा नायक दयाहाङ राई, पल शाह, नायिका वर्षा राउतको साथमा भुटानकी नायिका उगेन छोदनको मुख्य भूमिका छ । चलचित्रले २ मिल्ने साथीको कथा भन्नेछ । रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली यो चलचित्रमा निर्माताको रुपमा थिए । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.