‘गोर्खे’ फागुन २१ मा आउने



काठमाडौंँ । चलचित्र ‘गोर्खे’ आगामी २१ फागुनबाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्र ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो ।

रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, वाल्दिप राई लगायतको अभिनय रहेको चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् । चलचित्र जिजिए ग्रूप र एफडिले मिलेर बितरण गर्न लागेको बितरक करण श्रेष्ठले जानकारी दिए ।