प्रधानको अध्यक्षतामा द्वन्द कलाकार संघ



काठमाडौँ। द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ साधारण सभाबाट द्वन्द कलाकार संघको अध्यक्षमा नारायण प्रधान निर्वाचित भएका छन्। कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल,कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,द्वन्द निर्देशक राजेन्द्र खड्गी,द्वन्द कलाकार संघका निवर्तमान अध्यक्ष सुर्य थोकर,द्वन्द निर्देशक हिमाल केसी,कलाकार मदनदास श्रेष्ठ,गायक शंकर लाल श्रेष्ठ लगाएत थुप्रै द्वन्द कलाकारको उपस्थिति रहेको थियो।

संघको प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा हेरुका लामा निर्विरोध चयन भएका छन् भने सदस्यहरुमा दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल, रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा रहेका छन् । यो कार्यसमितिले अबको २ वर्ष द्वन्द संघ चलाउने छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष नारायण प्रधानले कोरोनाका कारण भएको लकडाउनमा चलचित्र निर्माण ठप्प हुँदा ठूलो संख्यामा द्वन्द कलाकारले अन्य पेशा अपनाउन बाध्य भएको बताए । ‘लकडाउनभन्दा अगाडि ६/७ सय जनाभन्दा बढी द्वन्द कलाकारहरु थिए । अहिले सय जना जति सक्रिय होलान् । लकडाउनपछि फिल्म निर्माण नहुँदा धेरै द्वन्द कलाकारहरु आफ्नो पुर्खौली घरमा गएर खेतीपाती गरिरहेका छन्,’ उनले भने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.