नरेश करुणालाई भन्दैछन् ‘नबोली जित्छौ तिमी’ (भिडियो)



काठमाडौँ। गायक कुमार दवाडीको सुमधुर स्वरमा सजिएको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा संचारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन्। भिडियोले दरवार बाहिरकी रानीको कथा बोल्छ। नरेश भट्टराई भन्छन ‘सार्वजनिक गीत लामो समय सम्म दर्शक श्रोताले सम्झन लायक क्लासिकल गीत हो। ट्रेण्डिङ्गमा पर्ने र छिट्टै हराउने गीत होइन पछि सम्म सुन्दा आनन्द आउने गीत भएकोले आफुले भिडियोमा काम गरेको हो ।’

गीतमा होम न्यौपानेको शब्द र दिपक भट्टराईको संगीत रहेको छ । गीतकार होम न्यौपाने र संगीतकार दिपक भट्टराइको सहकार्यमा यस अघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन्। गीतको भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।

भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ । भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।