संगीतकार राजुलाई दीर्घ साधना, गिरी र वाग्लेलाई रंग पत्रकारिता सम्मान



काठमाडौं । वरिष्ठ संगीतकार राजु सिंह ‘दीर्घ साधना सम्मान २०७७’ बाट सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता निर्देशक मोहन निरौला, विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर वम लगायतले उनलाई दोसल्ला, फुलमाला र सम्मान पत्रल सम्मान गरेका थिए । कार्यक्रममा पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित ‘रङ्ग पत्रकारिता सम्मान २०७७’बाट सम्मानित गरिएको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.