ओलीको १९ अनुभुतिहरुको संगालो ‘आधावाटो’ सार्वजनिक



काठमाण्डौ। लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन गरिएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन गरिएको हो । पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्यक्तित्व डिलीराम शर्मा ,पुर्ब मन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आर्चार्य तथा ब्याबसायी बलराम खतिवडाले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

लेखकले आफ्नो अनुभुतिमा देखेका भोगेका बिषय बस्तुहरुलाई सरल तथा सहज ढंगले प्रस्तुत गरेको र बिभिन्न कालखण्डका भोगाईको समिश्रणका रुपमा चित्रण गरेको उल्लेख गर्दै समालोचक महेश पौडेलले लेखकको साहित्यीक यात्रा सफल र उज्वल हुने समेत कामना गरे ।

साहित्य आँफैमा जति सुन्दर पक्ष छ, त्यति नै जोखिमको यात्रा पनि हो बिशेषत साहित्यमा लगानि गरेर वा पुस्तक नै लेखेर त्यस्को प्रतिफल कम नै अपेक्षा गर्न सकिन्छ तथापि साहित्यमा युवा रुची भने बड्दो नै छ । युवा पुस्ताका लेखकहरु साहित्यमा होमिनु जोखिम नै छ भन्नेहरु बिच पनि सुदनले आफ्नो कृति बजारमा ल्याएर एउटा उदाहरण प्रस्तुत गरेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.