ऋषिराजको ‘चुरीफुरी’ मा हाँस्यकलाकारको भीड



काठमाडौं। हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र ‘चुरीफुरी’ को छायाँकन गरिरहेका छन् । केही दिनअघिदेखि काठमाडौका बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रको मुख्य नायक नायिका को हुन् ? त्यो भने गोप्य राखिएको छ।

निर्देशक आचार्यकै लेखन,निर्माण र निर्देशन रहेको ‘चुरीफु्री’ मा रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ,ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,सरिस्मा मगर,मनिल तामाङ,रश्मी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिब थापा छन् । निर्देशक आचार्यले ‘चुरीफुरी’ लाई मनोरञ्जनको नौलो प्याकेजका रुपमा ब्याख्या गरेका छन् । ‘अहिले बिश्व नै कोरोना भाइरस र लकडाउनका कारण असहज जीवन जिउन बाध्य छ । यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई ‘चुरीफुरी’ ले भरमार रिफ्रेस गराउने छ,’ निर्देशक आचार्य भन्छन्, ‘एकदम समसामयिक बिषयमा उत्कृष्ट मनोरञ्जन दिने कोसिस गरेका छौ ।’राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी,बिजयआचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य,बिश्व नेपाली र बेनिशा पौडेलको स्वर छ।

Copyright © 2012 - 2026 | All Right Reserved.