गायक रत्न बानियाँको निधन



काठमाडौँ। गायक रत्न बानियाँको निधन भएको छ। झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गय राती ॐ हस्पिटलमा निधन भएको हो। ५८ वर्षका बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लडाइँको लाहुरे,जिन्दगी के छ र,के हो नि तिम्रो चाल,लगायत थुप्रै गीतका गायक केहि समय अघि देखि मृगौलाको बिरामी थिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येस्टी गरिने पारिवारिक श्रोतले जानकारी दिएका छन्।