‘गोर्खे’ को शिर्ष गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा आवाज ,संगीत र एरेन्ज शास शाक्यको रहेको छ भने शब्द नग्वा फिन्जु पाख्रिनको रहेको छ ।

नेपालको रमणीय स्थानहरु पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको लाई सिनेमामा देख्न पाईने निर्माता हरि थापाले जानकारी दिए । चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,अश्मी लामा,अश्मी श्रेष्ठ,एन्जल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख भूमिका रहेको छ।

सौरभ लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। चलचित्रमा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । चलाचित्र फाल्गुनको दोश्रो साताबाट प्रदर्शनमा ल्याउने तयारी भईरहेको बताए निर्माता हरि थापाले बताए । चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।