नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा नेपाल’ फागुन ७ गते हुँदै



काठमाडौँ। नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि मिस नेवा नेपाललाई निरन्तरता दिने भएको छ। नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवा नेपाल ११४१ आयोजना गर्ने भएको छ।

मिस नेवा का प्रतिस्पर्धीहरुले वेष्ट स्कीन, वेष्ट हेयर र वेष्ट पर्सनालिटीका लागि आईतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा अवस्थित ग्लो ब्युटि स्टुडियो काठमाडौँ मल पुगरे आफ्नो सुन्दरतामा थप आकर्षक बनाएका छन्। एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटि स्टुडियोले आयोजना
गरेको कार्यक्रममा सहभागी भएर प्रतिस्पर्धीहरुले आफुलाई थप सुन्दरी बनाउने प्रयास गरेका हुन्।

१५औं संस्करणको मिस नेवा नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन्। उनीहरुलाई विभिन्न विधामो तालिम र प्रशिक्षण
दिइरहेको नेप्लीज फेशन होमकमी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छिन्। नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ। नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी गराइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.