निर्माताको पहिलो रोजाई सेक्स पनि बिक्न छाड्यो


saanghuro vedio klips
(सेलिब्रेटी नेपाल) २३ बैशाख-नायिकाले अलिकति छोटो कपडा लगाएकै भरमा वा केही अंग देखाएकै भरमा हंगामा हुने दिन पनि अब गए । किनभने नेपाली चलचित्रको सवालमा अब यो सबैभन्दा सामान्य दृश्य बन्न थालेको छ । खुलमखुला अधर चुम्बन र यौन दृश्य नेपाली चलचित्रको पहिचान बन्न थालेको छ। अझ यसरी भनौं नेपाली चलचित्रमा अब सेक्स बेच्दै छ। हाल निर्माण भइरहेका प्राय: चलचित्रमा अधर चुम्बन र यौन दृश्यले भरिपूर्ण छन् । ०६९ मा प्रदर्शनमा आएका अधिकांश सिनेमामा अधर चुम्बनलाई बढावा दिएको पाइयो भने ०७० का लागि बनिरहेका सिनेमामा चुम्बनका साथमा यौन दृश्यलाई बढावा दिन थालिएको छ । सेन्सर बोर्ड कडा हुँदै छ भने चलचित्र निर्माण कर्ता झन् खुल्दै छन्। अब रिलिज हुने क्रममा रहेका थुप्रै चलचित्र हरुले एडल्ट सर्टिफिकेट पाएका छन् । अब सेक्स बिषयका चलचित्र हरु पनि दर्शकको रोजाइमा पर्न छाडी सके।अब नेपाली चलचित्रको भबिस्य कता जाने हो यसै भन्न सक्ने अवस्था छैन ।