नेपाली लाइन प्रोडुसरको साउथ इन्डियन फिल्म ‘मास्टर’



काठमाडौँ। कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज गरेका छन्। भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ,नेपालमा पनि बिहिबार बाट नै सार्वजनिक प्रदर्शनमा आएको छ । ‘मास्टर’ मा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरकाे रूपमा संलग्न छन्। नुवाकोटका घिमिरे लामो समयदेखि मुम्बई र साउथ इन्डियन फिल्मको निर्माणमा संलग्न छन्।

घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७५ वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् ।

भारतमा पनि महामारीपछि ठुलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो। लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपती सँगै पर्दामा देखिएका छन्। भारतमा टिकट काउन्टर अगाडि दर्शकको सङ्ख्या कम गर्न अनलाइन टिकट बुकिग‌ं खुल्ला गरिएको थियो।

३८ सय पर्दाका साथ रिलिज भएको ‘मास्टर’ तमिलसँगै फिल्म तेलगु, कर्णाटक, मलयालम र हिन्दी भाषामा पनि रिलिज भएको छ। नेपालमा समेत यी दुई अभिनेताको फ्यान फलोइङ राम्रो छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.