प्रमोद र इन्दिराले गरे नीलडेभिड्सको फ्रेन्चाइजी मोडलको उद्घाटन



काठमाडौं। नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसको रुपमा स्थापित भैसकेका अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालले माघे संक्रान्तिका दिनलाई आफ्नो सपना पुरा भएको दिनको रुपमा चित्रण गरेका छन् ।

नीलडेभिडका १८ वर्षीय छोरा डेनियल कटवालले बुवाको सलून व्यवस्थापनलाई नया“ स्वरुप प्रदान गरेका छन्, त्यसैको उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

उद्योगपति राजेन्द्र खेतान, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, मोडल दीपक घिमिरे तथा सञ्चारकर्मी सुशिल नेपालले संयुक्त रुपमा रिबन काटेर उक्त सलूनको उद्घाटन गरेका हुन् ।

भारतको पुणेबाट सलोन म्यानेज्मेनट तथा फ्रेन्जाइज म्यानेज्मेनटमा उच्च शिक्षा हासिल गरेका डेनियलले सुन्धारास्थित यस काठमाडौं मलको पहिलो तल्लामा आफ्ना बुवाको सलूनको फ्रेन्चाइजी मोडललाई आफ्नै डिजाइनमा तयार पारेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.