‘मनसँग मन’ को गीत सार्वजनिक, पुष्प र बर्षालाई साथ दिदै पल र पुजा



काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक संगै चलचित्रको प्रदर्शन मिति घोषणा समेत गरिएको छ। चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने छ। ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहेको छ ।

यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा राउतको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।

चलचित्रमा महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय रहेको छ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका पुष्प र वर्षा चलचित्रलाई लिएर उत्साहित छन् । चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट,जी.जी.ए ग्रूप र एफ डि कम्पनीले गर्दैछ।