‘एउटा यस्तो प्रेम कहानी’ आज बाट देशभर प्रदर्शनमा



काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज बाट देशभर प्रदर्शनमा आएको छ। कोरोना भाइरसको कारण बिगत दश महिना देखि बन्द रहेका सिनेमा घरमा आज बाट नयाँ चलचित्र प्रदर्शनमा आएको हो। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन सुभारम्भ संगै नेपाली चलचित्रले गति लिने आशा चलचित्रकर्मी हरुको रहेको छ। सरकारले चलचित्र हल संचालनको मापदण्ड पनि सार्वजनिक गरेको छ। स्वास्थ्य सतर्कताका साथ चलचित्र हेर्न आउने दर्शकलाई ब्यबस्थापन गर्ने चलचित्र हल संचालकहरुले पनि प्रतिबद्दता जनाएका छन्।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल,ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह-निर्माताहरु हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.