हिन्दि सिरियल ‘अलादिन’मा निरिषा



काठमाडौँ। नेपाली अभिनेत्री निरिषा बस्नेतले मुम्बईलाई कर्मथलो बनाउन थालेको लामो समय भइसकेको छ । हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी उनले नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी थिइन् । चिनियाँ युवतीको भूमिकामा उनको अभिनयको भारतीयसँगै नेपाली दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेको थिए । अब उनको हातमा अर्को हिन्दी सिरियल परेको छ । सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल ‘अलादिन : नाम तो सुना होगा’ मा उनी अनुबन्ध भएकी छन् ।

अहिले यो सिरियलको छायांकन भइरहेको छ । यसमा आफू नेगेटिभ रोलमा रहेको निरिषाले बताएकी छन् । उनी भन्छिन्, ‘म ‘अलादिन’ को हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु । यसमा मैले नकारात्मक चरित्र निभाएकी छु र अलादिनको जीवनमा धेरै अवरोधहरू सृजना गर्नेछु ।’ यो सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.