सौन्दर्य प्रतियोगिताका विजेताहरु अव क्यालेन्डरमा



काठमाडौँ। सौन्दर्य प्रतियोगिताका विजेताहरु अव क्यालेन्डरमा पनि समेटिने भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्टले नयाँ बर्षको अवसर पारेर सौन्दर्य प्रतियोगीताका विजेतालाई समेटेर क्यालेन्डर ल्याएको हो । क्यालेन्डरमा लिटिल एण्ड टिन प्रिन्सेज, प्रिन्सेस इन्टरनेशनलर टिन मोडल समेटिएका छन् । यो बर्ष धेरै प्रतियोगिता आयोजना नभएकोले सिमित विजेता मात्र क्यालेन्डरमा समेटिएका हुन् । सौदर्य प्रतियोगिताका बिजेतालाई हौसला प्रदान गर्न र क्यालेन्डर मार्फत उ प्रचारप्रसार गर्न क्यालेन्डर प्रकाशनको थालनी गरेको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका राज फैजुले बताए ।

बिभिन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा समेत नेपाली प्रतिनिधि पठाउदै आएको रेडियन्टले क्यालेन्डर २५ बढी देशमा पठाउने जनाएको छ । रेडियन्टले नेपालमा लिटिल एण्ड टिन प्रिन्सेज, प्रिन्सेस इन्टरनेशनलर, टिन मोडल प्रतियोगीता आयोजना गर्दै आएको छ, भने लिटिल एण्ड टिन प्रिन्सेज, प्रिन्सेस इन्टरनेशनलर, टिन मोडल इन्टरनेशनल नाम अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतमा नेपालको तर्फबाट प्रतिनिधि पठाउने गर्दछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.