युगकवि सिद्धिचरण पुरस्कार प्राडा अभि सुवेदीलाई


abhi subedi

(सेलिब्रेटी नेपाल) २३ बैशाख-यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिने भएको छ।युगकवि सिद्धिचरण प्रतिष्ठानको आज बसेको बैठकले प्राडा सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

प्राडा सुवेदीका पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्याङ्कनलगायत समालोचना सङ्ग्रह, नेपाली लिटरेचर ब्याकग्राउन्ड एन्ड हिस्ट्री, चिरिएका साँझहरू (नाटक)लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
बैठक शताब्दी समारोह समितिका अध्यक्ष मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको थियो।सो पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ र पुरस्कार युगकवि सिद्धिचरणको १०२ औँ जन्मजयन्तीका अवसरमा आगामी जेठ ९ गतेका दिन प्रदान गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.