‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने



काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति संगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक फर्स्ट लुकमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ।

हाल कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका सिनेमा हल खोली नेपाली चलचित्र जगतलाई टेवा पुर्याउने हल संचालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं। आगामी माघ १ गते देशब्यापी रुपमा चलचित्र रिलिज गरिने प्रस्तुतकर्ता समेत रहेका अभिनेता शिव श्रेष्ठले जानकारी दिए ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह-निर्माताहरु हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.