‘हिड्दा हिड्दै’को छायाँकन सुरु



काठमाडौ। कोहलपुरस्थित चर्चित कलेज–कोहलपुर मोडल कलेजले चलचित्र निर्माणमा समेत हात बढाएको छ । कलेजले नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टसँगको सहकार्यमा ‘हिड्दा हिड्दै’ नामक चलचित्रको निर्माण थालेको हो ।

गत असोजमा शुभमुर्हत गरिएको सो चलचित्रको सोमबार ललीतपुरको गोदावरी क्षेत्रबाट सुटिङ सुरु भएको छ । पहिलो दिनको सुटिङमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानीया खानबीचका प्रेमील दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिएका छन् ।

प्रेमकथानक चलचित्रलाई मिलन आले मगरले निर्देशन गरिरहेका छन् । प्रस्तुतकर्ता पंगेनीकै लेखन रहेको चलचित्रमा सलोन र सानीयाका साथमा आकाश श्रेष्ठ,नवअभिनेत्री रेखा शाह, बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेललगायतका कलाकार प्रमुख भूमिकामा छन् ।

करिब डेढ महिनासम्म चल्ने ‘हिड्दा हिड्दै’ को निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौ उपत्यका र गाइघाटमा खिचिने छ । सुमन तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन । देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । चलचित्रमा युवापुस्तामा मौलाइरहेको प्रेम र समर्पणको कथा प्रस्तुत गरिने बताइएको छ ।