जन्मदिनमा पुरनले गरे ‘तीन जुङ्गे’ घोषणा



काठमाडौँ । हाँस्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ चलचित्र ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् ।

यस अघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरी’ लगायतका कमेडी चलचित्र तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेश्रो साताबाट सुरु हुने जानकारी दिएका छन् ।

बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन । ती तीन जुङ्गेको साथमा फिल्ममा निर्देशकथापा स्वयम्,लय संग्रौला,दमन रुपाखेति,निक शर्मा,सुमीत्रा अधिकारी, रमेश मट्टारे,मनिषा रायमाझी,ललीतसिंह साउद,बिकल उप्रेती,सविता दनाइ, शिखा सुवेदी,छायाँ भुजेल,सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने छन् ।

प्रमुख नायक–नायिका साथै केही प्राबिधिकको छ्टिटै टुंगो लगाइने फिल्म बिमल ढकालले खिच्ने छन् । बिनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहने फिल्मलाई ललीतसिंह साउदले सम्पादन गर्ने जानकारी निर्देशक थापाले दिएका छन् । समाजीक बिषयमा हाँस्यरस मिलाएर निर्माण गर्न लागीएको ‘तीन जुङ्गे’ काठमाडौ,मुस्ताङ,पोखरालगायतका स्थानमा खिचिने छ ।