विराज र निकिताको ‘साङ्लो’युट्युबमा सार्वजनिक


काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ युट्यबमा सार्वजनिक गरिएको छ । गत वर्ष माघमा प्रर्दशन भएको चलचित्र बिहिबार बुढासुब्बाको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

विराजको डेब्यू निर्देशित चलचित्रले बक्सअफिसमा औसत व्यापार गरेको थियो । चलचित्र विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ । किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको चलचित्रको कथा शिवम् अधिकारीले लेखेका हुन् ।