पल,बर्षा र नाजिर अभिनित ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक



काठमाडौं। अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो। चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको हो।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रन्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.