कलाकार संघको आफ्नै भवन, शिलान्यास सम्पन्न



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्दागिरी वडा नं १३ मा निर्माण हुने भएको छ । शनिबार आयोजित एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे ।

‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो भन्दा खुसीको कुरो अरु के हुन सक्छ र’ मन्त्री श्रेष्ठले भने ‘तपाईहरु के कति सक्नुहुन्छ गर्दै गर्नुस् । पुरा गर्ने जिम्मा मेरो भयो ।’

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामि दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाई राखेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मधु श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थिती रहेको थियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.