महको ‘दाल भात तरकारी’ ट्रेन्डिङ नम्बर १ मा, दर्शक प्रतिक्रियासँग डराए निर्माण टिम



काठमाडौँ। गतबर्षको बैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ युटुबमा सार्वजनिक भएको एक साता भयो । युटुबमा सार्वजनिक भएको एक सातामा नेपालमा नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रलाई २३ लाख भन्दा बढी पटक हेरिएको छ ।

किरण केसीले निर्माण गरेको चलचित्रले हलमा औषत व्यापार गरेको थियो । निर्माताले लगानी सुरक्षित गरेपनि चलचित्रले समिक्षागत रुपमा पनि नराम्रो प्रतिक्रिया पाएको थियो । दर्शकले पनि चलचित्रलाई रुचाएनन् ।

यही कुरा वुझेर नै होला मह संचार नामक युटुब च्यानलबाट रिलिज गरिएको चलचित्रको कमेन्ट सेक्सन नै बन्द गरिएको छ । दर्शकले यो चलचित्र हेरिसकेपछि युटुबमा कुनै पनि प्रतिक्रिया दिन नपाउने बनाइएको छ । यसको अर्थ, चलचित्र हेरेपछि दर्शकले दिने नकारात्मक प्रतिक्रियाबाट यसको निर्माणपक्ष बच्न खोजेको देखिन्छ ।

सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, किरण केसी, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.