चलचित्रकर्मी आन्दोलनमा उत्रने !



काठमाडौँ। बिगत ९ महिना देखि बन्द रहेको हल खोल्न सरकारले अनुमति नदिएको भन्दै नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेको छ। संघले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।

संघको विज्ञप्तीमा भनिएको छ,‘ लकडाउन पुर्णरुपमा हटाई मुलुक भर हवाइ यातायात,बस व्यवसाय, होटल,रेस्टुरेन्ट व्यापार व्यवसाय तथा सम्पुर्ण उद्योग कलकारखानाहरु पुर्णरुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नभएको हुँदा संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लु एच ओको सुरक्षा मापदण्ड समेत अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने मिति स्वयंम घोषणा सरकार समक्ष केही माग चरणबद्ध आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ।’ भोली आफ्नै कार्यालय विशालनगरमा १ बजे फिल्म हल खोल्ने तथा आन्दोलनको सुरुवात गर्ने कार्यक्रम राखेको विज्ञप्तीमा भनिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.