बिशालको ‘कहानी तिम्रो मेरो’ मा केकी र निराजनको जोडी



काठमाडौँ। मोडल निराजन प्रधान र अभिनेत्री केकी अधिकारीको जोडी अब पर्दामा हेर्न पाइने भएको छ। थुप्रै म्युजिक भिडियोमा देखिएको यो जोडी ठुलो पर्दाको चलचित्रमा भने पहिलो पटक देखिन लागेका हुन्। ‘थ्री प्रोडक्सन’ ले निर्माण गर्न लागेको चलचित्रको नाम ‘कहानी तिम्रो मेरो’ राखिएको छ । चलचित्रलाई बिशाल भण्डारीले निर्देशन गर्नेछन्।

कमेडी जनरामा बन्ने चलचित्रको हाल गीत संगीतको काम भई रहेको छ। अभिनेता निराजन प्रधानका अनुसार चलचित्रको केहि दिनमा अफिसियल घोषणा हुनेछ। चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बाट नेपाली चलचित्रमा निर्देशनको पाइला चालेका निर्देशक भण्डारी यति बेला रियालिटी शोहरुमा ब्यस्त छन्। ‘कमेडी च्याम्पियन’ सिजन–२ र ‘डान्स मास्टर लिटल च्याम्स’ मा व्यस्त भण्डारीले रियालिटी शो संगै चलचित्रको काम पनि अघि बढाई रहेका छन्।

कमेडी च्याम्पियन सकिए पछि भण्डारीले ‘कहानी तिम्रो मेरो’को छायांकन सुरु गर्नेछन् । चलचित्रको लागि अन्य कलाकार तथा प्राबिधिकहरुको चयन हुन बाँकि नै रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.