अभिनेत्री श्वेताले कसिन् विजयेन्द्रसँग लगनगाँठो


काठमाडौं – अभिनेत्री श्वेता खड्का विजयेन्द्र सिंह राउतसंग बैवाहित बन्धनमा बाँधिएकी छिन् । आज सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा श्वेताले धनगढीका विजयेन्द्रसंग विवाह गरेकी हुन् । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको छ ।


चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले यसअघि २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् । श्रीकृष्णको उपचारकै क्रममा विवाहको ३२ दिनपछि साउन २५ गते निधन भएको थियो ।

चलचित्र निर्माणमा पनि हात हालेकी श्वेता पछिल्लो समय चलचित्रसंगै व्यापार व्यवसायमा आवद्ध छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.