‘मिस नेपाल २०२०’को उपाधि नम्रता श्रेष्ठलाई



काठमाडौं – ‘मिस नेपाल वल्र्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिवार साँझ भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।

यस्तै, ‘मिस नेपाल सुपर नेशनल २०२० ’को उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ २०२० ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन् । ‘मिस नेपाल इन्टरनेशनल २०२०’को उपाधि भने सन्ध्या शर्माले जितेकी छिन् । कोरोना कहरका कारण यसवर्ष विगतमा जस्तो भव्य कार्यक्रम नगरी थोरै मानिसहरु उपस्थित गराएर कार्यक्रम सम्पन्न गरिएको हो ।