सिनेमा हल अझै नखोल्न स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं। सिनेमा हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ लागू गर्न अनुरोध गरेका हुन्।

हाल सम्म जारी गरिएका स्वास्थ्य मापदण्डका विषयमा पुनरावेदन गर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रिकालिन व्यवसायीहरु, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उलंघन हुनेखालका संस्था तथा व्यवसायीहरु नखोल्न डा.गौतमले आग्रह गरे।

मंसिर महिनापछि विद्यालय खोल्दा थोरै संख्यामा विद्यार्थीहरु राखेर मात्रै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गरेर मात्र खोल्न र यसका लागि स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सीसीएमसीलाई लेखि पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको समेत उनले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.