विवाह बन्धनमा बाँधिए आदित्य र श्वेता



एजेन्सी। बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेका थिए ।

विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।

त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ । आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् । पहिरनका साथ धेरै गरगहना र मेकअपले उनी धपक्कै बलेकी देखिन्थिन् ।