शिरिषको फुलसँगै मञ्जरी पहिलो दिनको व्यापार बाट सन्तुस्ट हुन सकेनन


sirishko phool full movie
(सेलिब्रेटी नेपाल) २१ बैशाख पारिजातको ख्यातिप्राप्त उपन्यास शिरीषको फूल सोही नाममा निर्मीत तथा जापानी निर्देशकद्धारा निर्देशीत चलचित्रको साथ मञ्जरी शुक्रबारबाट एक साथ रिलीज भएको छ। नेपाली चलचित्र बजारमा लागेको संक्रमणले यी दुइ चलचित्रलाई पनि छोएकोछ । सुक्रबार पहिलो दिनको व्यापार दुवै चलचित्रको सन्तोष जनक नभयको वितरक तथा हल संचालकले बतायका छन् । अब आज बाट कस्तो प्रतिक्रिया आउनेछ र चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सक्छ कि सक्दैन त्यो केहि दिनमा थाह हुने छ ।

निर्माण भएको लामो समयपछि सार्वजनिक भएको शिरीषको फुल राजधानी तथा पटक पटक साइत फेरेको र सेन्सर बाट पिडित भन्दै प्रचार गरेको मञ्जरी नेपालभरबाट रिलीजमा आयको हो । जापानका डा. तोशिआकि ईतोले निर्देशन गरेको शिरीषको फुल युद्ध भुमिबाट भागेर आएको भगौडा सैनिकको नारीप्रतिको दृष्टिकोण र एक निस्सारवादी युवतीको कथालाई मर्मश्पर्सी ढंगबाट चित्रण गरिएको उपन्यासमा आधारित छ। च्यारिटी शोहरुमै लोकप्रियताको कमाएको चलचित्र डा. तोशिआकीले चार बर्ष लगाएर बनाएको बताईएको छ। २०२२ सालमै मदन पुरस्कार पाएको यो कृति अन्तराष्ट्रिय जगत्मा नेपाली साहित्यलाई चिनाउन र अमेरिकास्थित मेरिल्याण्ड युनिभर्सिटीको कोर्षमा समेत समेटिन सफल रहेकाले यसमाथि फिल्म बनाइएको हो। टोकियो युनिभर्सिटीको आम संचार तथा विभागका प्राध्यापकसमेत रहेका र नेपाली फिल्मको इतिहासमा पिएचडी गरेका डा. तोशिआकीले नेपाली सम्पदा संरक्षण र बालमनोविज्ञानको सन्दर्भको चलचित्र कठपुतलीपछि यो फिल्म बनाएका हुन्। फिल्ममा सुयोगवीरको भुमिकामा गणेश लामा र सकमवरीको भुमिकामा शर्मिला गुरुङले अभिनय गरेका छन् भने यो स्व. गोपाल भुटानीको अन्तिम चलचित्र पनि हो।

त्यसै गरी नव निर्देशक गणश देव पाण्डेको निर्देशनमा बनेको मञ्जरी बुटवलको एक सत्य घटनालाई आधारित भएको बताईएको छ। टुका ईन्टरटेन्मेन्टको ब्यानरमा महेश चालिसे, नरेश देब पाण्डे र प्रदीप उदयद्धारा निर्मीत चलचित्रमा गौरव पहाडी, सुजाता कोईराला, टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी, कोपिला थापाले प्रमूख भूमिकामा अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.