‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ नेपाल र अष्ट्रेलियामा हुने



काठमाडौं। असाप इन्टरटेनमेन्टले ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ आयोजना गर्ने भएको छ । मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक चलचित्र ‘आमा’ र ‘तीन जन्तु’ का निर्माता सन्तोष अधिकारी हुन् ।

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ मा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागीएको हो ।

गतवर्षबाट सुरु भएको ‘हेरिटेज अफ फेसन नेपाल’को पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो । भने, यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ । पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता रहेको थियो ।