सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा बने ‘खोजि आवाजको’ विजेता



काठमाडौं। रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा ‘खोजि आवाजको’ पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।

देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गर्ने गरेका छन् । । “खोजि आवाजको” प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गाएक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडि काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामि मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाण्डौ, नविन बोहरा डोटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।