सोहित सामियालाई भन्दैछन् ‘जब सम्म छौ मेरो साथ ‘ (भिडियो)



काठमाडौँ। चलचित्र ‘हिटलर’मा समावेश ‘जब सम्म छौ’बोलको गीत सार्वजनिक गरिएको छ। सनुप पौडेल र आकान्क्षा बस्यालको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द तथा संगीत लोचन घिमिरेको रहेको छ। सोहित मानन्धर र सामिया बर्तौला फिचर्ड गीतको भिडियो रारामा छायाँकन गरिएको हो।

अरुणराज पौडेलले छायाँकन गरेको चलचित्रको गीतमा राराका सुन्दर दृश्यहरु कैद गरिएका छन्। कृष्णअछामीले कोरियोग्राफी गरेको भिडियोमा सोहित मानन्धर र सामिया बर्तौलालाई मायालु जोडीको रुपमा प्रस्तुत गरिएको छ।

चिनी माया मानन्धर निर्माता रहेको चलचित्र ‘हिटलर’ लाई सौरभ ढकालले निर्देशन गरेका हुन्। चलचित्र लाई मित्र डि.गुरुङले सम्पादन गरेका छन्। केहि बर्ष पहिले नै छायाँकन सम्पन्न भएको चलचित्र कहिले प्रदर्शन हुने टुंगो छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.