यस्तो रह्यो सेलिब्रेटीहरुको भाइटीका (फोटो फिचर)



काठमाडौँ। तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

थुप्रैले भाइटीका पश्चात फोटो सामाजिक संजालमा पोस्ट गरेका छन्। त्यो मध्ये सेलिब्रेटी नेपालले प्राप्त गरेको केहि सेलिब्रेटीहरुको फोटो यहाँ प्रस्तुत गरिएको छ। अभिनेता भुवन केसी,कलाकार केदार घिमिरे,कलाकार सिताराम कट्टेल,कलाकार अनमोल केसी,कलाकार तथा निर्देशक दिपा श्री निरौला,कलाकार गौरब पहाडी,अभिनेत्री केकी अधिकारी,कलाकार उमेश खड्का,निर्देशक जनकदिप पराजुली,गायक टंक बुढाथोकी लगाएतले भाइटीका लगाएको फोटो सामाजिक संजालमा पोस्ट गरेका छन्।


तस्विर: फेसबुकबाट

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.