मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज



काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका हुन् ।

गजुरेल ११ दिनपछि अस्पतालबाट घर फर्किएका हुन् । उनले आफ्नो फेसबुक पेजमा आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.