अभिनेता आसिफले गरे आत्महत्या



एजेन्सी । बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आसिफ बिहीबार दिउँसो हिमाचल प्रदेशस्थित आफ्नो भाडाको घरमा मृत फेला परेका थिए।

हिमाचलको काँगडामा उनी भाडाको घरमा बस्दै आएको र सोही घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हिमाचल प्रहरीले उनले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।

अभिनेता आसिफले भारतीय चलिचित्र उद्योगका सबै ठूला अभिनेताहरुसँग फिल्ममा काम गरेका थिए। उनी सानो पर्दा र ठूलो पर्दा दुबैमा चर्चित थिए।

अभिनेता आसिफले भारतीय चलिचित्र उद्योगका सबै ठूला अभिनेताहरुसँग फिल्ममा काम गरेका थिए। उनी सानो पर्दा र ठूलो पर्दा दुबैमा चर्चित थिए। अभिनेता बसरा मौलिक र पृथक अभिनयका कारण बलिउडमा चर्चित कलाकार हुन्। उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा अभिनय गरेका छन्। उनले थुप्रै टिभी सिरियलमा पनि अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.